सुरेन्द्र महत्तो : बिहे कहिले गर्ने हो ? प्रायजसो उमेर पुगेका युवा युवतीलाई धेरै सोधिने, हैरान पारिने प्रश्न यहि नै होला जस्तो लाग्छ? अझ भनौ बिहेको लगन आयो भने | म आफै पनि यो प्रश्नको कैयौ पटक सामना गरिरहेको हुन्छु | लभ सभ पर्यो होला, चाडै बिहे गर, बच्चा बच्ची बनाऊ, लाइफ सेटल गर भनेर भनिरहेका हुन्छन |
तर मेरो बिचारमा जीवनमा प्रेम र बिबाह नितान्त फरक कुराहरु हुन् | कहिलेकाही प्रेम भएर पनि बिबाह नभएको र बिबाह पश्चात पनि बिबाहित दाम्पत्यबीच प्रेम हुन् नसकेको अवस्था पाउन सकिन्छ |
प्रेम गर्ने, बुझ्ने तरिका र भोगाईको सारांश व्यक्तिअनुसार फरक फरक हुन् सक्छ | प्रेमको धेरै प्रकार हुन् सक्छ | यहा मेरो अध्यन, अनुगमन र भोगाईका आधारमा ३ तरिकाले प्रेमको बारेमा चर्चा गर्दा उपयुक्त हुन्छ कि जस्तो लाग्यो |
१. मेरो बिचारमा यी ३ चिजमा बाहेक प्रेम को ठ्याक्कै अर्थ हुदैन जस्तो लाग्छ |
- गुरु र शिष्य बिचको प्रेम लाई श्रदा भनिन्छ
- भगवान र भक्त बिचको प्रेम लाई भक्ति भनिन्छ
- बुवा आमा र सन्तान बिचको प्रेम लाई ममता भनिछ
बाकी जति पनि माया प्रेम छन् ति सबै भावनात्मक र परिवर्तनशील कुराहरु हुन् जस्तो लाग्छ |
कसै प्रति माया हुन् पनि सक्छ, नहुन् पनि सक्छ | यधपि श्रीमान श्रीमतीबीच माया हुन् पनि सक्छ नहुन पनि सक्छ | कसैलाई आइ लभ यु , आइ लाइक यु , आइ मिस यु भन्दैमा माया गरेको भन्ने हुदैन | आइ लभ यु, आइ मिस यु यति मुल्यवान शब्द हुन कि, मान्छेहरुले जहाँ पनि, जहीले पनि, जसरी पनि प्रयोग गरिरहेका हुन्छन | यति मुल्यवान शब्दलाई मुल्यहीन बनाईरहेका हुन्छन |
साचो माया हुनलाई धेरै कुराहरुको मिश्रण हुनुपर्छ जस्तो लाग्छ | लभ इज अ कम्बो प्याक पनि भनिन्छ | साचो माया हुनलाई माया गर्ने, हेरविचार गर्ने, बुझ्ने, साथ दिने, बिश्वाश गर्ने, त्याग गर्न सक्ने यी सबै कुराहरु हुनुपर्छ |
त्यसमा पनि जो बिबाहित छन (बिबाहितलाई मात्र), आफ्नो सम्बन्ध लाई दिर्घकालिन तरिकाले अगाडी बढाउन चाहन्छन भने उनीहरुले खासगरी ३ कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ | मैले यी कुराहरु किन भन्दै छु भने, अहिले हामीले देख्न सक्छौ बिहे गरेको १, २ बर्ष नपुग्दै सम्बन्धबिच्छेद भएर छुट्टीएर बसिरहेकाहरु धेरै छन् | इन्डियामा गरेको एउटा सर्वेक्षण अनुसार ५० बर्षमा जति सम्बन्धबिच्छेद का घटना हरु हुन्थे अहिले त्यो ५ बर्षमै हुन् थाल्यो | त्यसैले बिबाहित जोडीले आफ्नो सम्बन्धलाई बलियो बनाउन यी कुराहरुमा ध्यान दिनुपर्छ जस्तो लाग्छ |
२. कसैलाई धरै माया गर्नु सबैभन्दा ठुलो दु:ख को कारक तत्व हो |
माया कहिले पनि बराबर हुदैन | १९ (उन्नाइस) ,२० (बिस) ९९ (उन्नानसय) ,१०० (सय) यस्तै हुन्छ | माया बराबर हुने सम्भावन एकदमै कम हुन्छ र हामीले कसैलाई यति धेरै माया गर्छौ कि उसले पनि हामीलाई त्यति नै माया गरोस भन्ने चाहन्छौ जुन कहिल्यै पुरा हुदैन त्यसपछि त मैले उसलाई यति धेरै माया गर्छु, हेबिचार गर्छु यति धेरै साथ दिन्छु तर उसले मलाई माया नै गर्दैन, मेरो जीवन बर्बाद पारिदियो भनेर झै-झगडा गर्छन, मनमुटाब हुन्छ र छुटिन्छन | त्यसपछि त संसारकै सबै भन्दा मन पर्ने मान्छे, संसारकै सबै भन्दा मन नपर्ने मान्छे हुन् पुग्छ |
ठ्याक्कै कस्तो हुन्छ भने यदि हामीले कसैलाई एक मुठी नुन दियौ भने, एक मुठी नुन त हो नि भनेर भन्छौ तर कसैलाई एक प्याकेट नुन दियौ भने, अहो मैले उसलाई एक प्याकेट नुन दिएको थिए कहिले फिर्ता दिन्छ होला भनेर आश गरेका हुन्छौ नि हो मायामा पनि यस्तै हुदो रहेछ | अंग्रेजीमा एउटा भनाइ छ, "एक्स्पेक्टेसन इज अ मदर अभ फ्रस्टेसन" त्यसैले कसैलाई पनि धेरै माया, सबै भन्दा धेरै माया र आफुलाई भन्दा धेरै माया कहिलै गर्नु हुदैन | मेरो बिचारमा माया भनेको भगवानको प्रसाद जस्तो हुनुपर्छ थोरै थोरै भए पनि सबैलाई दिने | सबैलाई थोरै थोरै माया दियौ भने उनीहरुबाट आश पनि कम हुन्छ र जहा आश कम हुन्छ त्यहा दु:ख पनि कम हुन्छ |
३. यदि हामीले मायाको लिखित परिभाषा नै खोज्छौ भने हाम्रो सबैभन्दा पुरानो हिन्दु धार्मिक ग्रन्थ श्रीमत भगवतगीतामा प्रेम को २ ओटा मुख्य कारक तत्व को बारेमा कुरा गरिएको छ |
- “प्रेम भनेको बिना कारण / सर्त सुरुदेखि अन्त्यसम्म समान किसिमले हुनुपर्छ”
तर हाम्रो बिश्व-समाजमा एकदमै फरक तरिकाले माया प्रेम हुदो रहेछ | कोहि कसैलाई मन पराउछन, माया गर्छन त उसको जिउडाल, अनुहार, आखा, नाक, कपाल हेरेर, बोलि सुनेर, गोरो, कालो बर्ण हेरेर, उमेर हेरेर, मिल्दा जुल्दा नाम हेरेर, हैसियत हेरेर |
तिमीले यस्तो गर्यौ भने, मैले भनेको मान्यौ भने या आफ्नो सामर्थ्य र उपकारको आडमा बाध्यात्मक तरिकाले सर्त राखेर मायाको प्रभाब देखाउछन् | जब माया प्राप्त हुन्छ, आफ्नो स्वार्थ पुरा हुन्छ अनि त्यो माया बिस्तारै कम हुदै जान्छ | “नपायसी कस्तो कस्तो पाएपछी सस्तो”
शैक्षिक बिकाश स्तरमा तिब्र छलांग, बिश्व जगतलाई नियाल्न मुठीभर अटाउन सक्ने टेक्नोलोजीले प्रेम र बैबाहिक जीवनमा पनि ठुलो बदलाब ल्याइरहेको छ | शारीरिक, मानशिक, आर्थिक र भावनात्मक तरिकाले सक्षम नभई डेटिंग, फ्रेन्डशिप, लिविंगटुगेदर जस्ता सम्बन्ध बनाउने, रमाइलो गर्ने, स्वार्थ पुरा गर्ने अवस्था तिब्र हुदै छ | आफु रमाइलो गर्ने, स्वार्थ पुरा गर्ने हेतुले अरुको भावनासंग खेलवाड गर्ने अनि छोडी दिने गर्छन |
क्षर्णभरमै सम्बन्ध गासिने, टुट्ने भैरहेका छन् जसले गर्दा अहिलेका युवापुस्ताहरु मानशिक र भावनात्मक तरिकाले कमजोर भइरहेका छन् र बैबाहिक बन्धनमा बाधिन चाहदैनन | तसर्थ जब सम्म आफ्नो स्वार्थ पुरा गर्न अरुको भावनासंग खेल्न बन्द गरिदैन तब सम्म बैबाहिक सम्बन्धमा बिश्वाश घट्दै जान्छ र एक दिन यस्तो दिन पनि आउन सक्छ कि बैबाहिक सम्बन्ध नै धरापमा पर्न सक्छ |
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij