Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

'अपरेसन सिन्दुर' [कविता]

'अपरेसन सिन्दुर' [कविता]

“अपरेसन सिन्दुर” : प्रथम विश्वयुद्ध होस या

दोस्रो विश्व युद्ध होस

१० वर्षे सशत्र द्वन्द होस

या रसिया युक्क्रेन युद्ध होस

ईजरायाल हमास लडाई होस

या भारत पाकिस्तानको द्वन्द होस

आखिर

रकताम्य शरीरका मल्हम

अनि

पीडाका साथी को हुन त?

कसैले ईतिहास कोरिरहनु पर्दैन यहां !!

प्रसव पिडाको आमाहरुका सारथी

प्रेसर सुगर बिरामीहरुका परामर्शकर्ता

हरेक बेडहरूको अंगरक्षक

ड्रिप च्याम्बरहरुको संरक्षक

निडलहरू खोप्ने च्याप्पियन

औषधी खुवाउने न्यानो हात

आखिर

अरुको जीवन दिदांदिदै आफुलाई बिर्सिने

अनि

सेवामा दिन रात खटिरहने

महान नर्सहरू को हुन त?

कसैले नामथर सम्झिरहनु पर्दैन यहां !!

अपरेशन थियटरको निडरता

मृत शरीरका सामुन्नेको सहासता

गाली गलौचको सहनशीलता

निरन्तर सेवामा गम्भिर र सालिनता

दक्षता र ज्ञानको भरिपुर्णता

सामुदायीक स्वास्थ्य सचेतनाको प्रवक्ता

आखिर

अदभूत क्षमताका सिपाहीहरु

अनि

कहिल्यै नअस्ताउने नक्षत्रहरू

सेतो पहिरणधारीहरू को हुन त?

कसैले अनुपम गुणहरको चर्चा गरिरहनु पर्दैन यहां !!

आफ्नो आकंक्षाहरूलाई कुण्ठित पार्दै

परिवारको न्यानो मायाबाट अलग्गिई

नतमष्तक सन्नटाको निद्रालाई चिर्दै

सामाजिक संजालको रम्त्याईलो भूल्दै

काखे बालकको आहार आफ्नै दुध नपिलाई

गर्भवती सुत्केरी आफै हुं भन्ने बिर्सिई

ड्यूडिको रोस्टर भेटन पोषिलो आहार भूल्दै

आखिर

सबै सुखसयल त्याग गर्न सक्ने

अनि

धैर्यताको पराकाष्ठ भूल्न सक्ने

सेवाको म्याराथुन जितिरहने धावक को हुन त?

कसैले मेडल पुरस्कार दिईरहनु पर्दैन यहां !!

त्यसैले यहां

संसारभरी सबैको लक्ष्य एउटै हो

युद्धका रणभूमिहरू हटिऊन

शान्तिका बिगुलहरू फुकिऊन

मेडिकल टेक्नोलोजिले भरिऊन

निद्रा, भोक र शोक हटुन

नर्सहरुका परिधिहरू फराकिला होऊन

पेशागत हकको संरक्षण होउन

सेतो पोशाकमा सजिएर

हर्षविभोरमा “अपरेशन सिन्दुर”

अर्थात

“सेवाको सिन्दुर” पहिरिन

सबै महान नर्सहरू

मुस्कान सहित सजिएर सधैं

आफ्नो ड्यूटि निभाईरहनेछन !

“जय नर्स”

✍️शान्ति भण्डारी

जनस्वास्थ्य नर्स

“अपरेसन सिन्दुर”

(यो शिर्षक समसामयिक विषयमा आधारित छ भने कविताको भाव नर्सको सेवाको सन्दर्भमा व्यक्त गरिएको छ)

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट