चितवन : जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको रुपमा नयाँ एसपी गोविन्द पुरीले चितवनका पत्रकार माझ भेटघाट गरेका छन् । जिल्ला कमाण्ड समालको एक साता वित्नै लाग्दा जिल्लामा नेतृत्व तहका पत्रकार माझ एसपी पुरीले भविष्यमा यहाँ छिटै एसपी परिर्वतन नहुने र पुरा कार्यकाल आफ्नो जिम्मेवारी पुरा गर्ने दावी गरे । ‘ढक्क भए हुन्छ उनले भने पुरा कार्यकाल पुरा गरि यसरी नै विदा हुन्छ, संगठनले दिएको जिम्मेवारी पुरा गर्नेछु, सुरक्षाको सवालमा कुनै कसर बाँकी राख्ने छैन् ।
https://youtu.be/5fLkGhQUK6k
प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गर्दै एसपी पुरीलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ । पछिल्लो समयमा ३\३ विहानमा एसपी परिर्वतन हुने र जिल्लामा जरा गाडेर बसेका तल्लो तहका प्रहरी परिर्वतन नहुदाँ यहाँ सुरक्षा चुनौती बढेको छ ।
भने नयाँ एसपी हाजिर भएसगैँ यहाँ विभिन्न अपराधीक घटना बढेको प्रहरी विवरणले नै देखाएको छ । यहाँ दैनिक चोरी, गुण्डागर्दी, विचौलिया हावी र लागुऔषध तस्करी बढेको छ।

नयाँ एसपीले पुरीले चितवन जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले परिष्कृत ढगंले निर्मम भएर शान्ति सुरक्षा कायम गर्ने आफ्नो प्रमुख प्रथामिकता रहेको उनको भनाई थियो ।
उनी यसअघि ईलाका प्रहरी कार्यालय मुग्लिनको प्रमुखको रुपमा समेत काम गरिसकेका थिए । विभेरहिद न्याय दिन तल्लिन हुनेछु उनले भने, ‘चितवनमा शान्ति सुरक्षा कायम गर्ने सवालमा आफूले कुनै पनि कसुर बाँकी राख्ने छैन्।
‘म दवाव र प्रभावमा होइन्, जनताले अनभूति गर्ने गरी सबैको लागि काम गर्नेछु, यहाँको चुनौतीलाई अवसरको रुपमा लिने छु, बोलेर भन्दा कामले देखाउछु उनको थप भनाई थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij