Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उवासंघ चुनाव चटारो : व्यावसायिक समस्या बुझेका व्यवसायमा क्षमता र खुबी भएका युवाहरुले नेतृत्वको अवसर पाउनुपर्ने होइन र ?

उवासंघ चुनाव चटारो : व्यावसायिक समस्या बुझेका व्यवसायमा क्षमता र खुबी भएका युवाहरुले नेतृत्वको अवसर पाउनुपर्ने होइन र ?

पिएस शर्मा :  तत्कालीन उद्योग वाणिज्य संघ २०१६ मा स्थापित भई व्यावसायिक हक हित तथा प्रवद्र्धनको लागि मिसन, भिजन तथा गोल बनाई स्थापनाकालदेखि नै लामो समयसम्म अनवरतरुपमा विभिन्न कार्यक्रम तथा विभिन्न कार्यहरू सञ्चालन गर्दै आइरहेको संस्था हो ।

विगतका वर्षहरूमा पोल्ट्री, केरा, माछा, महजस्ता चितवनमा हुने उत्पादनलाई प्रवद्र्धन गर्दै सयौँ युवाहरुलाई उद्योगी बनाउन विशेष भूमिका खेलेको संस्था हो । उद्योग वाणिज्य संघ चितवनको आवाज स्थानीय क्षेत्रदेखि केन्द्रसम्म गुञ्जायमान हुने गथ्र्यो । नयाँ–नयाँ बन्ने व्यावसायिक नीतिहरूमा उद्योग वाणिज्य संघ चितवनको धारणा के छ भनेर केन्द्रले समेत कुरिरहेको हुन्थ्यो । तर, विगत केही वर्षदेखि संस्थाको गरिमा दिनानुदिन खस्कँदै गइरहेको गुनासो स्थानीय व्यवसायीहरूको छ ।

व्यावसायिक हकहित सुरक्षा एवम् व्यावसायिक प्रवद्र्धनको लागि भन्दा पनि पदमा बस्ने र आफ्नो कार्यकाल सक्ने मात्र देखिएको छ । संस्था आफ्नो भिजन, मिसनm गोल भन्दा धेरै पर गइसकेको र पदमा बस्ने आफ्नो कार्यकाल सक्ने पैसा कमाउने क्रियाकलापहरु मात्रै गर्दै आइरहेको भन्ने व्यवसायीहरूको गुनासो दिनानुदिन बढिरहेको छ ।

अधिवेशनदेखि अधिवेशनसम्म अध्यक्षदेखि अध्यक्षसम्म र महोत्सवदेखि महोत्सवसम्म मात्र खुम्चिएको भन्ने गुनासो बढिरहेको छ । पछिल्लो समयमा संघको नेतृत्व चयन प्रक्रियामा राजनीतिक प्रभाव दबाब जुन हिसाबले बढिरहेको छ । कतै यसै कारणले पनि संस्थाको नेतृत्व कमजोर र संघको गरिमा दिनानुदिन घट्दै गइरहेको त होइन भन्ने आवाज गुन्जिन थालेको छ । यसमा जति राजनीतिक पार्टी नेता कार्यकर्ता दोषी छन्, त्यति नै व्यवसायीहरु पनि दोषी छन् भन्ने कुरा पनि कहीँकतै उठ्ने गरेको छ ।

नेतृत्व छान्ने समयमा विभिन्न विभिन्न प्रलोभनमा परी दबाब र प्रभावमा परी वा संस्थाको सदस्यता गरिदिएबापत वा नवीकरण गरिदिएबापत अझ कोही कोही त केही खाजाको भरमा समेत आफ्नो मत बेच्ने अनि कसरी नेतृत्व सही छानिन्छ र ? नेतृत्वले व्यावसायिक हकहित सुरक्षा एवं प्रवद्र्धन गर्न सक्छ भन्ने प्रश्न पनि कहिलेकाहीँ उठ्ने गरेका छ । जेसुकै होस् चाहे राजनीतिक प्रभाव दबाव हस्तक्षेप वा व्यावसायिक सदस्यहरुले आफ्नो मतको दुरुपयोग जे गरे पनि अन्त्यमा त्यसको भार असर र मूल्य भने व्यवसायीहरुले नै चुकाउनुपर्ने हुन्छ ।

यो वर्ष संघको अधिवेशनको वर्ष पनि हो । र, बिस्तारै अधिवेशनको चर्चा पनि सुरु हुन थालेको छ । यो वर्ष पनि राजनीतिक प्रभाव दबाव हस्तक्षेप कति हुने र व्यवसायीले आफ्नो मत सदुपयोग गर्ने कि दुरुपयोग गर्ने त्यो भने हेर्न बाँकी नै छ । व्यावसायिक संस्थाको नेतृत्व व्यवसायमा अगाडि बढ्दै गइरहेको रोजगारी सिर्जना गरिरहेको साथै राज्यलाई करको योगदान गरेको व्यक्ति हुनुपर्ने होइन र ? तर, पछिल्लो समय संस्थाको नेतृत्व व्यवसायबाट बिस्तारै पलायन हुँदै गइरहेका व्यक्तिहरू विभिन्न राजनीतिक पहुँचको आधारमा पदमा पुग्ने प्रवृत्तिले संस्थाको गरिमा अनि व्यवसायीको अभिभावकत्व घट्दै गइरहेको भन्ने गम्भीर प्रश्न खडा भएको छ ,

संघको नेतृत्व गर्ने मापदण्ड के हो ? संस्थामा दिइने समय मात्रै हो कि उसको कार्यक्षमता कार्यदक्षता पनि हो ? व्यवसाय बुझेको व्यावसायिक समस्याको बारेमा बुझेको व्यवसायको मर्का बोल्न सक्ने काम गर्न सक्ने खटिन सक्ने पनि हो ? अहिले यो खालको चर्चा पनि व्यवसायीहरूमाझ चलिरहेको छ । युवा त्यो बहानामा सक्षम युवाहरूलाई नेतृत्वबाट टाढा बनाइरहनु कतिको न्यायोचित हुने हो ? दैनिक हजारौँ युवाहरू विदेश पलायन भइरहेको अवस्थामा आफ्नै देशमा व्यवसाय गरी आफू पनि स्वरोजगार हुँदै केही बेरोजगारहरुलाई रोजगारीको अवसर प्रदान गरी राज्यलाई करमा समेत योगदान गरेका व्यवसाय बुझेका व्यावसायिक समस्या बुझेका व्यवसायमा अझै अगाडि बढ्न सक्ने क्षमता र खुबी भएका युवाहरुले नेतृत्वको अवसर पाउनुपर्ने होइन र ? (लेखक उवासघ र व्यवसायीको हितका सधै फरक धारमा उभिएका पात्र हुन् )

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट