Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

'हामी सच्चिने, कि सक्किने'

'हामी सच्चिने, कि सक्किने'

बिशाल कोइराला  : “हामी सच्चिनुपर्छू भन्ने औपचारिक भाषण र अभिव्यक्ति २०६२ र ०६३ को जनआन्दोलनपछिको समयदेखि सुरु भएको हो, तर विशेष रूपमा २०७० पछि र २०७४–२०७९ को समयावधिमा यो कुरा प्रायः सुनिन थालिएको हो। नेपालमा राजनीतिक दलहरूले हामी सच्चिनु पर्छू, आत्ममूल्यांकन गर्नुपर्छू, वा जनताको अपेक्षा अनुसार चल्नुपर्छू भन्ने खालका आत्मालोचनात्मक अभिव्यक्तिहरू समय(समयमा दिएका छन्। यद्यपि, यी कुरा प्रायः संकट, जनदबाब, वा निर्वाचनमा खराब नतिजा आएपछि मात्र उठाइन्छन्।

२०८० को उपनिर्वाचन र वैकल्पिक शक्तिको उदयपछि नयाँ दल ९जस्तैस् राष्ट्रिय स्वतन्त्र पार्टी० को उदय भएपछि पुराना दलहरूलाई जनताले सिधा अस्वीकार गर्न थाले। त्यसपछि प्रायः सबै पुराना दलका नेताहरूले ूहामी सच्चिनुपर्छू, संगठन सुधार्नुपर्छू, जनताको भावना बुझ्नुपर्छू भनेर खुलेर बोल्न थाले।

नेपाली जनताको प्रतिनिधित्व गर्ने संविधान सभाबाट २०७२ सालमा नयाँ संविधान जारी भयो। संविधान जारी हुनु आफैंमा ऐतिहासिक उपलब्धि भए पनि त्यसको निर्माण प्रक्रिया, असमान प्रतिनिधित्व, विवादास्पद संघीय संरचना, राजनीतिक नेतृत्वको असमर्थताले गर्दा जनतामा अपेक्षित खुशी ल्याउन सकेन, बरु असन्तुष्टि र निराशा बढ्यो। पटक–पटक सरकार बदलिनु, गठबन्धनको राजनीति र स्थिर नेतृत्वको अभावले देशमा चरम निराशा कायम राख्यो। ठूला ठूला भ्रष्टाचार प्रकरण सार्वजनिक भए पनि कारबाही नहुनु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकाय राजनीतिक प्रभावमा परेको आरोपले “सुशासन” नारामा मात्र सिमित भयो। रोजगार र आर्थिक संकटले ठूलो संख्यामा युवाहरू विदेश पलायन हुन बाध्य भए। रोजगार सिर्जना गर्न नसक्ने राज्यको कमजोरी, महँगी, मूल्यवृद्धि र आर्थिक सुस्तताले जनजीवन कष्टकर बन्दै गयो। पूर्वाधार निर्माण सुस्त गतिमा हुनु, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली जस्ता आधारभूत सेवामा अझै समस्या रहिरह्यो। संघीयता कार्यान्वयनमा अस्पष्टता, तीनै तहबीच अधिकार र स्रोतको विवाद, न्यायालयमा राजनीतिक हस्तक्षेपको आभासले लोकतान्त्रिक प्रणाली माथि नै अविश्वास पैदा गर्यो।

यी समग्र अवस्थाको परिणाम स्वरूप युवा पुस्तामा ब्याप्त बितृष्णा र निराशाको बिस्फोटको रुपमा जेन(जी आन्दोलनलाई लिन सकिन्छ। साँच्चिकै, जेन–जी आन्दोलनले पुराना राजनीतिक दलहरूलाई धेरै चुनौती दियो—उनको कमजोरी, भ्रष्टाचार, र जनप्रतिनिधित्वमा रहेका कमीकमजोरीहरूलाई उजागर गर्‍यो। जेन–जी आन्दोलनले पुराना दलहरूलाई सुधार र जवाफदेही बन्न बाध्य बनाएको छ। आधिकारिक रिपोर्ट अनुसार उक्त आन्दोलनमा मृत्यु संख्या ७२ जना पुगेको छ भने घाइतेहरू लगभग २,११३ जना भएका छन्। जेन–जी आन्दोलनका शहीदहरूलाई सम्मान गर्दै, उनीहरूको सम्झनामा न्याय र लोकतन्त्रको रक्षा गर्नु आजको सबैको कर्तव्य हो। उनीहरूको बलिदानलाई सम्मान गर्दै समाज र सरकारले उचित संरक्षण र सहयोग गर्नुपर्छ।

फाल्गुनमा चुनाव तोकिनुले पुराना दललाई फेरी एकपटक राजनीतिक पुनरुत्थान, जनता सँग पुनः संवाद गर्ने मौका, र नयाँ राजनीतिक युगमा आफ्नो भूमिका सुनिश्चित गर्ने अवसर दिन्छ। फाल्गुनमा चुनाव पुराना वा नयाँ सबै दलका लागि संसोधन गर्ने, पुनः स्थापित हुने, र नयाँ युगमा आफूलाई स्थान दिलाउने एउटा महत्वपूर्ण अवसर हो। यदि यिनीहरूले आफ्नो रणनीति, नेतृत्व, र जनसम्पर्क सुधार्न सके भने यो चुनावी मञ्चमा पुनः उदय हुन सक्छन्। पुराना राजनीतिक दलहरूले आजसम्म गरेका संघर्ष र प्राप्त उपलब्धि ९जस्तैस् लोकतन्त्र स्थापना, संविधान निर्माण, संघीयता, मानवअधिकार संरक्षण० लाई रक्षा गर्नु जरुरी छ।

राजनीतिक अस्थिरता र व्यवस्थाको संकट आउँदा नयाँ चुनावले राजनीतिक व्यवस्था सुधार्ने, जनादेश नवीकरण गर्ने, र जनताको आवाज प्रत्यक्ष समेट्ने एउटा अवसर हुन सक्छ। यो जनादेश र लोकतन्त्रलाई नवीकरण गर्ने प्रक्रिया हो। नेपालको वर्तमान राजनीतिक परिस्थिति र लोकतान्त्रिक मूल्यलाई ध्यानमा राख्दा चुनावबाट ताजा जनादेश लिएर आउने प्रक्रिया नै सबैभन्दा ठिक र आवश्यक कदम हो। यसले देशलाई स्थिरता, विकास, र लोकतन्त्रको प्रवर्द्धनतर्फ लैजान सक्छ।

तर राजनैतिक दलको यथास्थितिमा परिवर्तन सम्भब छैन। नेतृत्वले उत्तरदायित्व लिने संस्कृति बिकास गर्दै विगतका असफलताका लागि माफी माग्ने साहस राख्नुपर्छ र असफल भएमा जिम्मेवारी लिएर पद त्याग्ने संस्कृतिको सुरुवात गर्नुपर्छ। त्यसका लागि आन्तरिक संरचनागत सुधार गर्दै नेतृत्त्वमा पुस्तान्तरण, पुराना अनुहारको भन्दा नयाँ पुस्तालाई प्राथमिकता दिनुपर्छ। पार्टीभित्रैबाट भ्रष्टाचारमा संलग्न नेतामाथि कारबाही गर्ने, पारदर्शिता कायम गर्दै जनतासँग विश्वास पुनःस्थापित गर्नुपर्छ । गुटबन्दी र अवसरवाद नियन्त्रण गर्दै समान अवसरको वातावरण सिर्जना गर्नुपर्छ। ूसर्वसत्तावादी नेतामुखीू होइन, टीमवर्क र संस्थागत नेतृत्वको अभ्यास गर्दै एक नेतामा मात्र केन्द्रित नभई सामूहिक नेतृत्वको बिकास गर्नुपर्छ।

जनताको वास्तविक मुद्दा पहिचान गर्दै युवाको रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुशासन र प्रविधि–केन्द्रित विकासलाई चुनावी एजेन्डा बनाउनुपर्छ। चुनावलाई केवल सत्ता–साझेदारीको खेल होइन, नीतिगत प्रतिस्पर्धाको मैदान बनाउनुपर्छ। पुराना दलहरूले यथास्थिति तोड्न चाहे भने, उनीहरूले पुस्तान्तरण, पारदर्शिता, भ्रष्टाचारविरुद्ध कडा कदम, व्यवहारिक घोषणापत्र, र जनताको एजेन्डा लिएर चुनावमा जानुपर्छ। अन्यथा, नयाँ आउने दलहरूको उदयलाई रोक्न सक्दैनन् र सक्किन तयार रहनुपर्छ।

(लेखक  बिशाल कोइराला रास्ट्रीय स्वतन्त्र पार्टी चितवनका सचिब  हुन् ।)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट