Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सार्वजनिक स्थलमा धूम्रपानमाथि कानुन निष्प्रभावी, सर्वसाधारण पीडित !!

सार्वजनिक स्थलमा धूम्रपानमाथि कानुन निष्प्रभावी, सर्वसाधारण पीडित !!

काठमाडौं : काठमाडौंका अस्पताल, विद्यालय र सार्वजनिक स्थल वरपर खुलेआम धूमपान बढ्दै गएको छ। सरकारले सार्वजनिक स्थलमा धूमपान निषेध गरेको वर्षौँ भए पनि व्यवहारमा कानुन प्रभावकारी हुन सकेको छैन।

थापाथलीस्थित परोपकार प्रसूति गृहको पछाडिको गेटमा २६ साउनको बिहान भएको एउटा घटनाले यही समस्या उजागर गर्‍यो। २९ वर्षीया रेफतबी अन्सारी, जो ६ महिनाकी गर्भवती थिइन्, दुई पुरुषले चुरोट तान्दै गरेको धुवाँका कारण असहज महसुस गर्दै प्रतिवादमा उत्रिएकी थिइन्। तर, ती पुरुषहरू उल्टै “चुरोट पिउने अधिकार”को तर्क गर्दै उभिए।

यस्ता घटनाले धूमपान निषेधका कानुनको कार्यान्वयन कमजोर भएको देखाउँछन्। अस्पताल, विद्यालय र सार्वजनिक स्थलका १०० मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध भए पनि काठमाडौँका प्रसूति गृह, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत क्षेत्रमा खुलेआम चुरोट विक्री हुने गरेको छ।

परोपकार प्रसूति गृहका निर्देशक डा. श्री आचार्य भन्छन्, “गर्भवती महिलालाई चुरोटको धुवाँले बच्चामा गम्भीर असर गर्छ, तर नियमित अनुगमनबिना यस्तो व्यवहार रोक्न कठिन छ।”

स्वास्थ्य मन्त्रालयका फोकल पर्सन डा. भक्तबहादुर केसीका अनुसार, “धूमपान नियन्त्रणका कानुन र कार्यक्रमहरू लागू गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ, तर निगरानी र कार्यान्वयन सुस्त छ।”

विश्व स्वास्थ्य संगठनका अनुसार, धूमपानका कारण नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट