Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मेरो टिकट खगराजले खोस्नुभयो: कृष्ण थापा

मेरो टिकट खगराजले खोस्नुभयो: कृष्ण थापा

पोखरा : मनोनयनको समयमा एमाले कास्कीमा ठुलो हलचल भयो । कास्की २ मा टिकट पाएका कृष्ण थापालाई हटाएर रश्मि आचार्यलाई मनोनयन गराइयो । अहिले थापा चुनावी प्रचारमा त हिँडिरहेका छन् । तर उनी आफ्नो टिकट खोसिएकोमा असन्तुष्ट छन् ।

उनले आफूमाथि पार्टीका उच्च तहका नेताहरूबाटै तल्लो स्तरको घटिया षड्यन्त्र भएको आरोप लगाएका छन् । एक अन्तरवार्तामा उनले पार्टीका केन्द्रीय सचिव खगराज अधिकारीबाटै आफूमाथि षड्यन्त्र भएको बताएका हुन् । ‘सचिवसँग नसोधी त कतिपय कुरा हुँदै भएन नि ! यो अनुमान त ए, बी, सी, डी जसुकैले पनि गर्न सक्छन्,’ उनले भने ।

थापाले टिकटको विषयमा आफूलाई पार्टी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले निर्णय भइसकेको जानकारी गराएको बताए । ‘मलाई राति साढे १० बजे निर्णय भएपछि पार्टीका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले फोन गरेर तपाईंको निर्णय भयो, ल तपाईँलाई बधाई छ भन्नुभएको थियो,’ अघि भने, ‘तर, अन्तिम समयमा आएर षड्यन्त्रपूर्वक आफ्नो नाम हटाइएको हो । त्यसमा पदाधिकारी तहकै षडयन्त्र छ ।’

यसअघि पोखरा महानगरको मेयर चुनावमा भने थापाले नै अर्काको टिकट खोसेर ल्याएका थिए । नेता दीपक पौडेलले पाएको टिकट कार्यकर्ता तहबाटै आलोचना र विरोध भएपछि थापालाई प्रदेश सभा सदस्यबाट राजीनामा गराएर टिकट थमाइएको हो । पौडेलले सुन पसलबाट सिक्री निकालेको भिडियो त्यतिबेला भाइरल भएको थियो । अहिले पनि आफूले नेतासँग आग्रह नगरी टिकट पाएको थापाको दाबी छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट