Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा रौतहट विवादप्रति चिन्ता, दुवै समुदायलाई संयमता अपनाउन अपिल

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा रौतहट विवादप्रति चिन्ता, दुवै समुदायलाई संयमता अपनाउन अपिल

रौतहट : रौतहट गौर नगरपालिका–६ मा हालै उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले दुवै समुदायलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ।

सन्देशमार्फत सह–संयोजक नेपालले हिन्दु र मुस्लिम दुवै समुदायबीच उत्पन्न विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न, एकअर्काको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्दै सहकार्य र सहयोगमा मिलेर बस्न जोड दिनुभएको छ। उनले साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नभएको स्पष्ट पार्नुभयो।

नेपालले हिन्दु–मुस्लिम दुवै समुदायलाई आपसी समझदारी कायम राख्न अपिल गर्दै स्थानीय जनताको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग समेत गर्नुभएको छ। उहाँले रौतहट–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गर्नुभएको र हाल देखिएको समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभयो।

तीन दिनअघि गौरमा सामान्य भनाभनबाट सुरु भएको विवाद बढ्दै गएपछि साम्प्रदायिक दंगामा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा (कर्फ्यु) जारी गरेको थियो। पूर्वप्रधानमन्त्री नेपालले उक्त अवस्थालाई सामान्यीकरण गर्दै गृहमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट