Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चुनावका दिन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन

चुनावका दिन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन

काठमाडौँ : निर्वाचन आयोगले मतदानका दिन सार्वजनिक सवारीसाधन बन्द हुने भएकाले विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ।  आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार विशिष्ट परिस्थिति र सेवाका लागि सवारी पासको व्यवस्था गरिएको छ।

पास चाहिने सेवा

निर्वाचनको पर्यवेक्षणका लागि अनुमति प्राप्त राष्ट्रिय तथा अन्ताराष्ट्रिय संस्थाहरू, कूटनीतिक नियोगका सवारीसाधन र सञ्चारकर्मीहरूले अनिवार्य पास लिनुपर्नेछ। निर्वाचन क्षेत्रका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूले पनि अनिवार्य रूपमा पास लिनुपर्नेछ।  संवैधानिक निकायका पदाधिकारी, राष्ट्रिय सूचना आयोगका प्रतिनिधि र विशिष्ट व्यक्तिहरूका लागि पनि आयोगबाट पास लिनुपर्नेछ।

पास नचाहिने सेवा

एम्बुलेन्स, शव वाहन, दमकल र अस्पतालका सवारीसाधन स्वतःस्फुर्त रूपमा चल्न पाउनेछन्। यस्ता साधनलाई पास चाहिँदैन। खानेपानी ट्याङ्कर, दूध ढुवानी गर्ने सवारीसाधन, विद्युत् सेवा, दूरसञ्चार र सूचना सञ्चारसँग सम्बन्धित साधनलाई पनि पासको आवश्यकता पर्नेछैन। डेटा सेन्टर सञ्चालन गर्ने र अन्य प्राविधिक सेवामा खटिएका सवारीसाधनलाई पनि निर्बाध चल्न दिइनेछ। 

मतदानको दिन कसैलाई अचानक अस्पताल जानुपर्ने वा अन्य कुनै गम्भीर आपत्‌कालीन अवस्था आइपरेमा सुरक्षाकर्मीहरूसँग समन्वय गरेर सुविधा लिन सकिनेछ। फागुन २० गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म देशभरका सार्वजनिक सवारीसाधन बन्द रहने भएकाले सर्वसाधारणलाई तदनुसार आफ्नो योजना बनाउन आयोगले आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट