Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कालिका हाइड्रोपावरको जिप दुर्घटना, चालकको मृत्यु

कालिका हाइड्रोपावरको जिप दुर्घटना, चालकको मृत्यु

गोरखा : गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित कच्ची सडकखण्डमा जिप दुर्घटनामा परेको छ । कालिका हाइड्रोपावरको सामान लाने क्रममा बिहीबार राति बा २० च ८२१० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिप चालक नुवाकोटको बिदुर गाउँपालिका–६ तलेखुका ४१ बर्षीय जैबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘सडकको बीच भागमा जिप पल्टिएको रहेछ,’ डीएसपी राजकुमार श्रेष्ठले भने, ‘त्यही जिपले च्यापिएर चालकको मृत्यु भएको हो ।’ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विशाल अधिकारीको कमान्डमा टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट