Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा प्रतिनिधिसभा निर्वाचन तयारी : बैंक खाता अनिवार्य, मतदान शिक्षा सम्पन्न, सुरक्षा कडा

चितवनमा प्रतिनिधिसभा निर्वाचन तयारी : बैंक खाता अनिवार्य, मतदान शिक्षा सम्पन्न, सुरक्षा कडा

भरतपुर : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनका तीनवटा क्षेत्रमा तयारी पूरा भएको छ। निर्वाचन दिन मतदान साँझ पाँच बजेसम्म सञ्चालन हुनेछ र मतपेटिका मतगणनास्थलमा तत्काल ल्याइनेछ।

मतगणना चितवन क्षेत्र नं १ मा झुवानी बहुमुखी कलेज, क्षेत्र नं २ मा भरतपुर प्रदर्शनी केन्द्र र क्षेत्र नं ३ मा रामपुर कृषि क्याम्पसको भवनमा हुनेछ। सुरक्षा व्यवस्था कडा गरी प्रहरीले, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन तहको घेराबन्दीमा मतदान सामग्री सुरक्षित राख्नेछ।

यसपटक चितवनका तीन क्षेत्रका नयाँ मतदाताको संख्या ३३,७४० पुगेको छ, जसमा अधिकांश ३० वर्षमुनिका छन्। क्षेत्र–अनुसार नयाँ मतदाता चितवन–१ मा ९,७७६, क्षेत्र–२ मा १२,९३४ र क्षेत्र–३ मा ११,०२६ छन्।

चुनावमा ३९ जना उमेदवारले मात्र बैंक खाता खोल्ने सिफारिस लिएका छन्। यसरी खोलिएको बैंक खातामार्फत चुनावी खर्च पारदर्शी र मितव्ययी हुने व्यवस्था छ।

मतदाता शिक्षाको तालिम फागुन १७ गते सम्पन्न हुने छ। यसपटक चितवनमा १६२ मतदानस्थल र ४९४ मतदानकेन्द्र तोकिएका छन्, जसमा ३४ नयाँ मतदानकेन्द्र थपिएका छन्। अस्थायी मतदाता ३,१८५ रहेका छन्, जसमा जिल्ला कारागारका ११५ मतदाता समेत समावेश छन्।

जिल्लामा रहेका मतदानस्थलहरू संवेदनशील, अतिसंवेदनशील र सामान्य स्थलगतरूपमा वर्गीकृत गरिएका छन्। आवश्यकताअनुसार मतदानस्थलमा निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट