Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

“म जनतसँग गरेको वाचा सतप्रतिशत पुरा गर्ने जनप्रतिनिधी हुँ” : रेनु दाहाल

“म जनतसँग गरेको वाचा सतप्रतिशत पुरा गर्ने जनप्रतिनिधी हुँ” : रेनु दाहाल

चितवन : चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार रेनु दाहालले आफू भाषणभन्दा कामलाई प्राथमिकता दिने नेतृ भएको बताएकी छन्। घरदैलो अभियानका क्रममा मतदातासँग बोल्दै उनले भनिन्, “म बोलीसँगै काम गरेर देखाउने मान्छे हो।”

उनले जनप्रतिनिधिको मूल दायित्व भनेको जनतासँग गरेका प्रतिबद्धता व्यवहारमा उतार्नु हो । उनले भनिन्, रेनु दाहाल इमान्दारीका साथ काम गर्ने र आफूले गरेका वाचालाई पूरा गर्ने नेतृ हो । यो भरतपुर बासीलाई मैले भनिरहनु पर्दैन उहाँहरुले देखि नै रहनुभएको छ ।

दाहालले आफु महानगर प्रमुखको नेतृत्वमा रहदा पूर्वाधार विकास, सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, सरसफाइ अभियान तथा शैक्षिक तथा स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेखनीय प्रगति भएको दाबी गरिन्।

उनका अनुसार, विकासका योजनाहरू कागजमा मात्र सीमित नरही व्यवहारमा देखिनु आवश्यक छ। “जनताले परिवर्तन महसुस गर्न पाउनुपर्छ। त्यसका लागि म निरन्तर काम गरिरहेकी छु र अझै पनि निरन्तर चितवनको विकास गर्ने छु, उनले थपिन्।

दाहालले राजनीतिक प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको पनि जनाइन्। उनले दीर्घकालीन सोचसहित दिगो विकासको आधार तयार पार्न प्राथमिकता दिएको उल्लेख गर्दै समावेशी र उत्तरदायी शासनप्रणालीमार्फत जनविश्वास अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

“जनताले आशा र विश्वासका साथ दिएको मतको सम्मान गर्दै काममार्फत नतिजा दिनु मेरो जिम्मेवारी हो,” उनले भनिन्।

उनले जनतासामु गरेका वाचा प्रतिबद्धता पूरा गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै विकास निर्माण, सुशासन र पारदर्शितालाई आफ्नो नेतृत्वको मुख्य आधार बनाएको स्पष्ट पारिन्।

आलोचना र चुनौतीका बीच पनि परिणाममुखी काममार्फत विश्वास जित्नु नै आफ्नो लक्ष्य हो। “जनताले देखिने परिवर्तन चाहेका छन्, र त्यसका लागि म जिम्मेवारीपूर्वक अघि बढ्ने छु,” उनले भनिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट