Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन : चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।  शनिबार प्राप्त मत परिणाममा उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा जम्मा मत ८७ हजार ०२८ मत गणना भएको थियो।

लामिछानेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्। लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ छ।   प्राप्त मतपरिणाम अनुसार चितवन २ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२, नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट