काठमाडौं: प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा–१ क्षेत्रबाट प्रत्यक्षतर्फ सबैभन्दा बढी मत ल्याएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार किशोरी साहले दायर गरेको रिटमा सुनुवाई सकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गाना को संयुक्त इजलासले रिटको सुनुवाई सम्पन्न गरेको हो।
किशोरी साहले निर्वाचन आयोगको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध फागुन १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौला को इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो।
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि साहले सर्वोच्च अदालतसम्म मुद्दा पुर्याएकी हुन्, र अब अदालतको अन्तिम निर्णयले उनको उम्मेदवारीको भविष्य तय गर्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij