Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

विवादास्पद गीत भारतमा प्रतिबन्धित

विवादास्पद गीत भारतमा प्रतिबन्धित

मुम्बई : भारतले विवादास्पद एउटा गीतमाथि प्रतिबन्ध लगाएको छ । कन्नड फिल्म ‘केडीः द डेविल’को गीत ‘सरके चुनर तेरी’माथि प्रतिबन्ध लगाइएको हो ।
 
बुधबार संसदमा समेत यस गीतका बारेमा चर्चा भएको थियो । सांसदहरूले प्रश्न उठाएपछि केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले उक्त गीतमाथि प्रतिबन्ध लगाइएको जानकारी सदनलाई गराएका हुन् ।

सेन्सर बोर्डलाई समेत उक्त गीतका सम्बन्धमा कारबाही गर्न निर्देशन दिइएको मन्त्री वैष्णवले बताए । विवादकै बिच उक्त गीत युट्युवबाट हटाइएको छ । गीतमा अश्लील शब्द भएको भन्दै चौतर्फी विरोध भएको थियो । विरोधकै बिच सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाएको हो । मन्त्री वैष्णवले वाक स्वतन्त्रता संविधानमा उल्लेख भए पनि यसको मतलव पूर्ण रूपमा स्वतन्त्रता नभएर समाज र संस्कृतिको सन्दर्भमा हुनुपर्ने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट