Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

शाखा अधिवेशन सकिएसँगै केन्द्रीय महाधिवेशनमा जुट्यो चलचित्र पत्रकार सङ्घ

शाखा अधिवेशन सकिएसँगै केन्द्रीय महाधिवेशनमा जुट्यो चलचित्र पत्रकार सङ्घ

 काठमाडौँ : चलचित्र पत्रकार सङ्घ नेपाल केन्द्रीय अधिवेशनको तयारीमा जुटेको छ । १५ जिल्लाका शाखा र ८ विदेशी शाखाको अधिवेशन सकाएसँगै सङ्घ केन्द्रीय अधिवेशनमा जुटेको सङ्घका सङ्गठन उपाध्यक्ष विजय आवाजले जानकारी दिए ।

सङ्घको १०औँ केन्द्रीय महाधिवेशन आगामी वैशाख ५ गते काठमाडाैँमा तय भएको छ। यस महाधिवेशनमार्फत १७ सदस्यीय केन्द्रीय समिति आगामी तीन वर्षका लागि निर्वाचित हुनेछन् ।

सङ्घको कोशी प्रदेश शाखामा अध्यक्ष वीरेन्द्र शाह, कास्की शाखामा अध्यक्ष सन्तोष बस्याल, पर्सा शाखामा अध्यक्ष सूर्यनारायण बिक, सुनसरी शाखामा अध्यक्ष सुवास सङ्कल्प श्रेष्ठ, मकवानपुर शाखामा अध्यक्ष कपिल खड्का, मोरङ शाखामा अध्यक्ष प्रेम देवान, चितवन शाखामा अध्यक्ष गोविन्द अर्याल, इलाम शाखामा अध्यक्ष अतित योङहाङ, रुपन्देही शाखामा अध्यक्ष कृष्ण भण्डारी, कैलाली शाखामा अध्यक्ष विवेक नागरी, झापा शाखामा अध्यक्ष एकराज प्रधान, सुर्खेत शाखामा (तदर्थ समिति) अध्यक्ष रमेशकुमार पाण्डे, बाँके शाखामा अध्यक्ष रामचन्द्र पौडेल, दाङ शाखामा अध्यक्ष निरला अर्याल चयन भएका छन्।

सङ्घले आफ्नो सङ्गठनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउदै आफ्ना सदस्यहरूको लागि दक्षता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, कार्यशाला, राष्ट्रिय भेला, स्थापना दिवस, राष्ट्रिय कार्यशाला, कल्याणकारी कोष संचालन लगायतका कार्यक्रमहरू गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट