Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नयाँ गीत ‘सधैँ साथमा तिम्रो’ सुरेश र रेहाको रोमान्टिक अभिनय

नयाँ गीत ‘सधैँ साथमा तिम्रो’ सुरेश र रेहाको रोमान्टिक अभिनय

काठमाडौँ : गायक सुरेश बस्नेतको स्वर रहेको गीत ‘सधैँ साथमा तिम्रो’ सार्वजनिक गरिएको छ । गोविन्द पुनको शब्द तथा सङ्गीत रहेको गीतमा दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । 

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा गायक सुरेश बस्नेत र रेहा पोखरेलको अभिनय रहेको छ । भिडियोमा रेहा र सुरेशको प्रेम यात्रा र जीवनको आरोहलाई प्रस्तुत गरिएको छ । जुन मोड दुवैको वास्तविक कथा भएको बताइन्छ । गीतको भिडियोलाई अमेरिका, अस्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको छ ।

विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशन रहेको भिडियोमा साहिल खानको सम्पादन छ । भिडियोको छायाङ्कन अस्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रालि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् । लामो समयदेखि अमेरिकामा रहेर चिकित्सक पेसामा आबद्ध सुरेश र रेहा प्रदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अगाडि बढाइरहेका छन् । आगामी दिनमा पनि गीत सङ्गीत नियमित ल्याउने उनीहरू बताउँछन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट