Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’मा आँचल र निशाको नृत्य

‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’मा आँचल र निशाको नृत्य

काठमाडौँ : जेठ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक मुठ्ठी बादलले’ पहिलो गीत ‘रेल घुम्यो घुम्ती’मा सार्वजनिक गरेको छ । गीतमा  आँचल शर्मा, निशा शर्मा, उषा रजकलगायतको नृत्य छ ।

सुमित पाठकको संगीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतलाई हर्क साउदले रचना गरेका हुन् । गीतले एकाघरमा रहेका तीन पुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ । भिडियोले विवाहको अघिल्लो दिन हुने रमाइलोलाई पृष्ठभूमिको रुपमा प्रस्तुत गरेको छ । विवाहको तयारीसँगै सुरु हुने गीतमा निशा शर्मा, उषा रजक र आँचल शर्माले आफ्नो आफ्नो जीवन भोगाइलाई गति दिएका छन् ।

फिल्मकी निर्देशक सहारा शर्माका अनुसार गीतमा अभिव्यक्त आवाज नै चलचित्रको सार हो । उनले गीतकार हर्क साउदसँग विभिन्न चरणमा काम गरेको जानकारी गराउँदै गीतमा चलचित्रको कथा अटाउने चाहाना चुनौतीपूर्ण रहेको स्मरण गरिन् । सहारा शर्माको लेखनसमेत रहेको फिल्ममा कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।

फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय छ । अभिमन्यु दीक्षितले निर्माण गरेको फिल्मका निकुन श्रेष्ठ कार्यकारी निर्माता हुन् । फिल्मको निर्माण टोलीमा सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि रहेका छन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट