Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

२०८२ मा विदेशी फिल्मको वर्चस्व : ९३ फिल्मले कमाए १ अर्ब बढी

२०८२ मा विदेशी फिल्मको वर्चस्व : ९३ फिल्मले कमाए १ अर्ब बढी

काठमाडौँ : चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले वर्ष २०८२ मा नेपाली बक्स अफिसमा विदेशी फिल्महरूको बलियो पकड रहेको देखाएको छ ।

बोर्डको तथ्यांकअनुसार यस वर्ष नेपालमा प्रदर्शनमा आएका ९३ वटा विदेशी फिल्मले कुल १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेका छन् । बोर्डले जारी गरेको वार्षिक विवरणअनुसार प्रदर्शनमा आएका यी फिल्महरूले कुल १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ रुपैयाँको व्यापार गर्न सफल भएका हुन् ।

यस अवधिमा विदेशी फिल्मका लागि कुल ३३ लाख २२ हजार ७५७ वटा टिकट बिक्री भएका थिए । बोर्डको प्रतिवेदनमा उल्लेख भएअनुसार यी फिल्महरू ४ लाख ५८ हजार ७ सय ७८ दर्शकले हलसम्म पुगेर हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट