Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

निताले मिर्सा गाउँबाट थालिन् ‘पार्वती’को छायाङ्कन

निताले मिर्सा गाउँबाट थालिन् ‘पार्वती’को छायाङ्कन

काठमाडौँ : फिल्म ‘पार्वती’को छायाङ्कन सुरु भएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा फिल्मको शुभ–मुर्हूतसँगै छायाङ्कन थालिएको हो ।

अभिनेत्री निता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म निता ढुङ्गानाले निर्देशन गर्न लागेकी हुन् । फिल्मको मुख्य भूमिकामा उनी आफैले रहने छिन् । फिल्ममा निताका अलावा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट,राधिका कँडेल,राज पङ्गेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको अभिनय रहनेछ ।

फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन् । फिल्ममा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस फिल्मको स्क्रिप्ट शिवं अधिकारीले लेखेका हुन् । सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन् । सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन् । हरिहर अधिकारी निर्माता रहेको फिल्ममा सम्पादन साहिल खानको रहने छ निर्माण टिमले फिल्मको प्रदर्शन मिति आगामी भदौ १२ गतेलाई निर्धारण गरेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट