काठमाडौँ : नयाँ सरकार बनेसँगै सरकार बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा सार्वजनिक भएको गीतमा जेन्जी विद्रोहबाट बनेको सरकारले जनताको अपेक्षा पूरा गर्नुपर्ने विषय उठाइएको छ ।
शिवराज गौतम, मुना निरौला, आगा लामा र एलिजा बर्देवाको स्वर रहेको गीत सञ्चारकर्मी केशवराज जोशीले लेखेका हुन् ।
सङ्गीत र भिडियो निर्देशन गायक शिवले नै गरेका छन् । भिडियोमा रिजोन सुन्दास, कडेल, मुना निरौला, कवीन्द्र त्रिपाठी लगायतको अभिनय समेटिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij