काठमाडौँ : फिल्म ‘हामी तीन भाइ’ ले दोस्रो सातासम्म जम्मा ७ लाख व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबारसम्मको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ७ लाख २९ हजार ८०५ रहेको छ । यो अवधिमा फिल्मको टिकट २ हजार ७६८ वटा बिक्री भएको छ ।
चैत्र १३ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको थियो । तर फिल्मको व्यवसाय भने न्यून छ । सामाजिक कथामा कमेडी, पारिवारिक खटपट तथा सन्देश पनि दिने फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार (विकास चापागाईँ शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय छ ।
फिल्म मधुसूदन भट्टराईले निर्देशन गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij