Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भक्तपुरमा वाइल्ड फायर नाइट : प्रमोद र दुर्गेश एउटै कन्सर्टमा देखिँदै

भक्तपुरमा वाइल्ड फायर नाइट : प्रमोद र दुर्गेश एउटै कन्सर्टमा देखिँदै

भक्तपुर : भोलि शनिबार भक्तपुरको सल्लाघारीमा भक्तपुर वाइल्ड फायर नाइट आयोजना हुने भएको छ । सो साङ्गीतिक कार्यक्रममा प्रमोद खरेल एन्ड परम्परा ब्याण्ड र दुर्गेश थापा नेतृत्वको साङ्गीतिक टिमले दर्शक नचाउने भएका हुन् ।  

भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा हुन लागेको सो कन्सर्टमा दुस्मन हेरेको हेरै लगायतका दर्जनौँ चर्चित गीत गाएका थापाको प्रस्तुति रहने भएको छ ।  कन्सर्टमा  खरेल एन्ड परम्परा ब्यान्डको समेत विशेष प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

अध्यक्ष महतका अनुसार दुर्गेश र प्रमोद पहिलो पटक एउटै कन्सर्टमा देखिने छन् । चर्चित जोडी एकै स्थानमा हेर्ने मौका भक्तपुर लगायतका स्थानीयवासीलाई उपलब्ध हुन लागेको अध्यक्ष महतले बताए । कन्सर्टमा खरेलले झ्यालबाट हेर लगायतका चर्चित गीत गाउने जनाइएको छ ।

कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय ५० र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाइ छ । विगत १२ वर्षदेखि आयोजना हुँदै आएको दसौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव करिब एक लाख दर्शकले अवलोकन गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट