Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समिर बलामी निर्वाचित

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समिर बलामी निर्वाचित

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालमा पुनः समिर बलामी नेतृत्वको टिम विजयी भएको छ । शनिबार भएको निर्वाचनमा अध्यक्षमा समिर बलामी दोब्बर मतान्तरमा विजयी भएका हुन्।

निर्वाचनमा कुल १४० मत खसेकोमा बलामीले सर्वाधिक ९५ मत प्राप्त गरेका छन्। उनको प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत प्राप्त गरे। बलामी यसअघि अध्यक्ष थिए भने पराजुली पूर्व उपाध्यक्ष रहेका थिए। बलामी फिल्मीफण्डाको सञ्चालकसहित सम्पादक रहेका छन् भने पराजुली ठूलोपर्दाको सञ्चालकसहित सम्पादक रहेका छन्।

निर्वाचनबाट उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा विजयी भएका छन् । उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्ष (महिला)मा दिपज्योति थापा ७५ मतसहित विजयी भएकी छन् ।

त्यस्तै महासचिवमा गोपीकृष्ण चापागाई विजयी भएका छन्। सचिवमा मदन रिजाल, सचिव (समावेशी)मा महम्मद जालिम निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै कोषाध्यक्षमा मनिष अन्जान, सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं विजयी भएका छन् । त्यस्तै सदस्यहरूमा सदस्यहरूमा सोजना विक लोहार, सुशिल नेपाल, दिनेश थापा, नविन चापागाई, रतन बहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री, सालिकराम न्यौपाने विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट