Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपा सङ्घीय नेतृत्व मञ्च दोस्रो पटक विस्तार, को-को थपिए ?

रास्वपा सङ्घीय नेतृत्व मञ्च दोस्रो पटक विस्तार, को-को थपिए ?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सङ्घीय नेतृत्व मञ्च विस्तार गरेको छ  । सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले मञ्च विस्तार गरेको हो ।

थपिएका सदस्यहरूमा तुलसीप्रसाद चौधरी सप्तरी, रामसिह थारु बर्दिया, जीवन धामी मोरङ, प्रेमा चौधरी कैलाली, नवराज राना कञ्चनपुर र एकराज चौधरी दाङ रहेका छन् । यसअघि पुस ४ गते विवेकशील साझाबाट आएका १७ जना सदस्यलाई सङ्घीय नेतृत्व मञ्चमा मनोनीत गरेको थियो । मञ्चमा रहने सदस्यहरूको सङ्ख्या २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट