निर्देशक लक्ष्मण सुवेदीले नयाँ फिल्म बनाउने भएका छन्। उनले नयाँ वर्षको अवसर पारेर मंगलबार फिल्म ‘कोटी कोटी प्रणाम’को निर्माण घोषणा गरेका हुन् । फिल्मको घोषणासँगै उनले ‘टाइटल पोस्टर’ पनि सार्वजनिक गरेका छन्। जसमा शीर्षकलाई केसरी रंगमा तयार पारिएको छ भने त्यसमा धर्म ध्वजा पनि देख्न सकिन्छ। यसले धार्मिक कथावस्तुमा फिल्म बन्न लागेको संकेत गर्छ। तर, फिल्म धार्मिक कथावस्तुमा आधारित नरहेको निर्देशक सुवेदीको भनाइ छ।
दिलासा क्रियसनको ब्यानरमा बन्ने फिल्ममा सुवेदी स्वयंको लेखन तथा गीत रचना छ। कर्णाली प्रदेशको सुर्खेत जिल्लामा भदौ पहिलो साताबाट फिल्मको सुटिङ सुरु हुनेछ। यस फिल्ममा कलाकार र प्राविधिक भने तय भएका छैनन्।
निर्देशक सुवेदीले फिल्ममा नयाँ र पुराना कलाकारको राखिने उनले सुनाए। अहिले कलाकार छनोट प्रक्रियाको काम चलिरहेको उनको भनाइ छ। यसअघि सुवेदीले सामाजिक कथावस्तुमा ‘ सतीदेवी’ बनाएका थिए। जुन फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij