Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अमेरिका भरिका ३४ सहरहरूमा एकैसाथ “राम नाम सत्य”

अमेरिका भरिका ३४ सहरहरूमा एकैसाथ “राम नाम सत्य”

नेपाली चलचित्र “राम नाम सत्य” यस शुक्रबार, अप्रिल २४ देखि अमेरिकाभर भव्य रूपमा प्रदर्शनमा आउने भएको छ। माया डिजिटल यूएसएद्वारा वितरण गरिएको यस चलचित्र अमेरिका भरिका ३४ सहरहरूमा एकैसाथ रिलिज हुन लागेको हो।

न्यूयोर्क सिटी, भर्जिनिया, बाल्टिमोर, सान फ्रान्सिस्को, ड्यालस, अष्टिन, कोलम्बस, ह्यारिसबर्ग, एरी लगायत प्रमुख सहरहरूमा चलचित्र प्रदर्शन गरिनेछ। विशेष गरी, वीराज भट्ट अभिनीत तथा माइकल चन्दद्वारा निर्देशित यस चलचित्र पहिलो पटक न्यूयोर्कको क्वीन्सस्थित नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्रमा रहेको ‘रीगल फरेस्ट हिल’ थिएटरमा बक्स अफिस रिलिज हुन लागेको छ।

यस चलचित्रमा कलाकारहरू सुशिल श्रेष्ठ, सुनिल थापा, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की र आयुष सिंह ठकुरीको समेत अभिनय रहेको छ। यस चलचित्रका लागि दैनिक १५० भन्दा बढी शोहरू तय गरिएको जानकारी दिइएको छ। माया डिजिटल यूएसएका सीईओ सुरेश दर्पण पोखरेलको आग्रह छ, “यो प्रदर्शन निकै भव्य हुने विश्वास लिएका छौं। सम्पूर्ण नेपाली समुदायलाई नेपाली सिनेमालाई साथ दिन आग्रह गर्दछौं।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट