Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

५ दिने चलचित्र निर्देशन तालिम सुरु

५ दिने चलचित्र निर्देशन तालिम सुरु

दमक : आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले झापाको दमकमा ५ दिने ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ । चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी सङ्घको आयोजनामा भएको तालिम शनिबारदेखि सुरु गरिएको हो ।

तालिमको औपचारिक उद्घाटन कोशी प्रदेशका माननीय सांसद नम्बरलाल धिमालले गरे । कार्यक्रममा बोल्दै उनले मातृभाषी चलचित्रले स्थानीय पहिचान र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरे ।

बैशाख १६ गतेसम्म चल्ने यस तालिममा धिमाल समुदायका २० जना युवा चलचित्रकर्मीहरूको सहभागिता रहेको छ। तालिमको सहजीकरण अनुभवी चलचित्र निर्देशक अरुण प्रधानले गरेका छन् । सहभागीहरूलाई चलचित्र निर्देशनका आधारभूत सिद्धान्त, कथा प्रस्तुति, दृश्य भाषा, कलाकार परिचालन र निर्माण प्रक्रियाका प्राविधिक पक्षबारे प्रयोगात्मक सीप प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका तर्फबाट अधिकृत अप्सरा समालको उपस्थिति रहेको छ । बोर्डले पछिल्लो समय आदिवासी जनजाति, मातृभाषी चलचित्र र स्थानीय सर्जकहरूलाई प्राथमिकतामा राख्दै आएको बताए । धिमाल समुदायको मौलिक कथा, भाषा र संस्कृतिलाई चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन यो तालिम कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

तालिमले नयाँ पुस्ताका चलचित्रकर्मीहरूलाई आफ्नै माटोको कथा भन्न प्राविधिक रूपमा सक्षम बनाउने र व्यावसायिकता तर्फ प्रेरित गर्ने लक्ष्य बोर्डको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट