काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि (आइतबार) बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आइतबारका लागि बैठक आह्वान गरिएको हो।
पार्टी प्रवक्ता मनीष झाका अनुसार बैठक मध्याह्न साढे १२ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक संगठन सुदृढीकरण र आगामी कार्ययोजनाबारे छलफल हुनेछ। बैठकमा सचिवालयका सबै सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
रास्वपाले समसामयिक राजनीतिक मुद्दाहरूमा आफ्नो धारणा तय गर्न र सांगठनिक गतिविधिहरूलाई तीव्रता दिन यो बैठक बोलाएको बुझिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij