Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दीपक-दीपाले गागलफेदीबाट थाले ‘छ माया छपक्कै २’ छायांकन

दीपक-दीपाले गागलफेदीबाट थाले ‘छ माया छपक्कै २’ छायांकन

काठमाडौं : अभिनेता दीपकराज गिरीले आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन बुधबार गागलफेदीबाट थालेका छन् । पहिलो दिन दीपक र केकी अधिकारीको भागको कथाको दृश्य खिच्दै फिल्मांकन सुरु भएको हो ।

यो फिल्म सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला हो । सामाजिक-राजनीतिक कथावस्तुको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् ।

पहिलो चरणमा ३० दिन र दोस्रो चरणमा मौसमको स्थिती हेरेर २० दिनमा छायांकन सक्ने योजना रहेको निर्माण नियन्त्रक धीरज चापागाईंले जनाए । उनका अनुसार, पहिलो दिन केकी र दीपकको भाग खिच्दै छायांकन थालिएको हो ।

यो फिल्ममा सनिशा भट्टराईको पनि अभिनय हुनेछ । फिल्मको निर्मातामा रोहित अधिकारी छन् । रोहित अधिकारी फिल्म्स र आमा सरस्वती मूभिजको ब्यानरमा फिल्म बन्न लागेको हो भने प्रस्तुतकर्तामा आइएमई छ ।

फिल्मको प्रदर्शन आउँदो दशैमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट