Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

‘मितज्यू’को ट्रेलर सार्वजनिक : दयाहाङ र सौगातको मितेरी साइनोको कथा

‘मितज्यू’को ट्रेलर सार्वजनिक : दयाहाङ र सौगातको मितेरी साइनोको कथा

काठमाडौँ :  दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा दयाहाङ र सौगातको मितेरी साइनोको कथा देखाइएको छ । 

गाउँमा आएको नयाँ बाटोका गाडी चालक हुन्।  एकअर्कामा प्रतिस्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा पुर्‍याउने भन्नेमा छ । सोही क्रममा मितेरी साइलो लगाएका दया र सौगातबिचको मित्रका फिल्ममा देख्न सकिन्छ । कुनै समय नेपालमा मितेरी साइनो लगाउने चलन थियो । सोही कुरालाई समेत गहिरो रुपमा अध्ययन गरि निर्माण गरिएको यो फिल्मको ट्रेलरले निकै अर्थपूर्ण भाव प्रस्तुत गरेको छ ।जनक घर्ती मगरले निर्माण गरेको फिल्म ग्रामीण परिवेशमा निर्माण भएका हो । फिल्ममा दयाहाङ र सौगातको अलवा तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय छ।फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् । साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ। अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायाङ्कन, श्रीकृष्ण बम मल्लको संगीत छ।


आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। आगामी जेठ ८ गतेबाट नेपालभरका प्रदर्शन हुने फिल्म हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा एकसाथ प्रदर्शन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट