Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

‘परालको आगो’ले ४ करोड ग्रस गर्दा ‘राम नाम सत्य’को कति ?

‘परालको आगो’ले ४ करोड ग्रस गर्दा ‘राम नाम सत्य’को कति ?

काठमाडाैं : गायक तथा अभिनेता प्रकाश सपूतको फिल्म ‘परालको आगो’ले बक्स अफिसमा बलियो पकड बनाएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ‘परालको आगो’ले विराज भट्टको फिल्म ‘राम नाम सत्य’लई पछि पारेको छ ।

कमाइ र दर्शक संख्या दुबैमा सपुतको फिल्म अगाडि देखिएको छ । गत शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार ‘परालको आगो’ले १ लाख ४३ हजार ७२४ दर्शक तान्दै ४ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

यता विराज भट्टको कमब्याक फिल्मका रूपमा हेरिएको ‘राम नाम सत्य’ले भने १ लाख २२ हजार ४०८ दर्शकबाट करिब ३ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक भएको छ।

‘परालको आगो’ ग्रामीण परिवेश, सामाजिक यथार्थ र भावनात्मक कथामा आधारित फिल्म हो। फिल्ममा प्रकाश सपुतको अभिनयलाई दर्शकले निकै रुचाएका छन्। सामाजिक सञ्जालमा पनि फिल्मबारे सकारात्मक प्रतिक्रिया देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट