Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मिस नेपाल २०२६ का लागि आवेदन खुला

मिस नेपाल २०२६ का लागि आवेदन खुला

काठमाडाैँ :  मिस नेपाल २०२६ का लागि औपचारिक रूपमा आवेदन खुला भएको छ । द हिडन ट्रेजरले  बुधबार एक कार्यक्रमको आयोजना गर्दै बहुप्रतिक्षित मिस नेपाल २०२६ सौन्दर्य प्रतियोगिताका लागि औपचारिक रूपमा आवेदन खुला गरेको जानकारी गराएको छ । 


नेपालभरि र विदेशमा बसोबास गर्ने इच्छुक नेपाली युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन आमन्त्रण गरिएको छ। आवेदन दिने अन्तिम मिति २०८३ जेठ २५ सन २०२६ जुन ८ सम्म तोकिएको छ ।प्रतियोगिताको ग्रान्ड फिनाले २०८३ साउन १६, शनिबार सन २०२६ अगस्ट १ मा पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ। यो कार्यक्रमले सौन्दर्य, प्रतिभा र व्यक्तित्वको अद्भुत प्रस्तुति दिने आयोजकले जनाएको छ।  यसको ग्रान्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने पनि जानकारी दिएको छ । 

मिस नेपाल २०२६ मा सहभागी हुन चाहने युवतीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबिच हुनुपर्नेछ। आवेदकसँग नेपाली नागरिकता हुनुपर्नेछ भने विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्नेछन्। दर्ता निःशुल्क रहेको आयोजकले जानकारी दिएको छ ।यस वर्षको प्रतियोगिताबाट तीन जना विजेताहरू घोषणा गरिनेछन् ।  मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल यी विजेताहरूले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मिस नेपाल २०२६ का लागि देशका विभिन्न सहरहरू बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरमा अडिसन सञ्चालन गरिनेछ। यसका साथै, काठमाडौँका १० वटा कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान पनि चलाइनेछ। अन्तिम अडिसन २०८३ जेठ २६ ९सन २०२६ जुन ९० मा काठमाडौँमा आयोजना हुनेछ। छनोट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्यामिङ प्राप्त गर्नेछन् ।

द हिडन ट्रेजरले कजारिया रमेश टाइल्स लिमिटेड कम्पनीलाई मुख्य शीर्षक प्रायोजक तथा श्री नटराज ज्वेलर्सलाई सह प्रायोजकका रूपमा पाउँदा सम्मानित महसुस गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट