Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाले वीरेन्द्रकुमार साहलाई दियो केन्द्रीय जिम्मेवारी

रास्वपाले वीरेन्द्रकुमार साहलाई दियो केन्द्रीय जिम्मेवारी

विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङका नेता वीरेन्द्रकुमार साहलाई पार्टीको केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी दिएको छ। पार्टी केन्द्रीय कार्यालयले जारी गरेको पत्रमार्फत साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

रास्वपाका महामन्त्री भूपदेव शाहद्वारा हस्ताक्षरित पत्रमा साहलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न विश्वास व्यक्त गरिएको छ।

मोरङको सुनवर्षी नगरपालिका–२ निवासी साह लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। साहले आफूलाई दिइएको जिम्मेवारी पार्टीको नीति र जनअपेक्षाअनुसार इमानदार ढंगले पूरा गर्ने प्रतिक्रिया दिएका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट