Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाकाे पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक

रास्वपाकाे पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक

 काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ ।पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ १५ गतेसम्म ७७ जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठन हुनेछ ।

यस्तै जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन गर्ने कार्यसूची छ । जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने कार्यतालिका छ ।

जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने, असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको विवरण पेश गर्ने कार्यतालिका छ । असार ५ गतेभित्र इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोग गर्नेबारे छलफल गरिने कार्यतालिकामा उल्लेख छ ।

रास्वपाको पहिलो महाधिवेशन आउँदो असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

release2_l5zpB80ATT.jpeg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट