काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत मियामी स्टेडियममा भएको समूह एचको दोस्रो खेलमा साउदी अरब र पूर्व विश्व विजेता उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।मियामीमा आयोजित यस संस्करणकै पहिलो खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको ४१ औं मिनेटमा अब्दुलइलाह अलअम्रीले गोल गर्दै साउदी अरबलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफभरि रक्षात्मक रूपमा बलियो देखिएको साउदीले उरुग्वेका स्टार स्ट्राइकरहरूलाई दबाबमा राख्दै १-० को अग्रता कायम राख्न सफल भयो।
तर, दोस्रो हाफमा खेलमा फर्किन उरुग्वेले आफ्नो आक्रमणलाई तीव्र बनायो। खेलको ८० औं मिनेटमा माक्सी अराउजोले गोल गर्दै उरुग्वेलाई खेलमा फर्काए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल १-१ को बराबरीमा सकियो।
यस बराबरीसँगै दुवै टोलीले समान १-१ अंक जोडेका छन्। साउदी अरबले पूर्व च्याम्पियन टोलीलाई बराबरीमा रोक्दै सकारात्मक सुरुवात गरेको छ भने उरुग्वेले ढिलो गरी खेलमा फर्कँदै हार टारेको छ। यही समूहको पहिलो खेलमा स्पेन र केप भर्डले पनि बराबरी खेल्दै अंक बाँडे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij