काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जीको रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अ
मेरिकाको सियाटलमा पहिलो पटक आयोजना भएको विश्वकप खेलमा इजिप्ट ऐतिहासिक जितको नजिक पुगेर पनि आत्मघाती गोलका कारण अभागी साबित भयो।
खेलको १९ औं मिनेटमा एमाम आसुरले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए। आफ्नो ३४ औं जन्मदिन मनाइरहेका स्टार स्ट्राइकर मोहामेद सलाहको उत्कृष्ट पासलाई अल अह्रीका मिडफिल्डर आसुरले नियन्त्रणमा लिँदै बेल्जियमका डिफेन्डर थोमस मुनिएर र गोलकिपर थिबाउट कोर्टुवालाई बिट गरेर प्रहार गरेका थिए। २८ वर्षीय आसुरको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।
विश्वकप इतिहासमा विरलै मात्र अग्रता लिने गरेको इजिप्टले पहिलो हाफभरि बेल्जियमलाई दबाबमा राखेको थियो। तर, दोस्रो हाफमा बेल्जियमका प्रशिक्षकले परिवर्तन गरेको रणनीति खेलको टर्निङ प्वाइन्ट बन्यो।
मैदानमा परिवर्तित खेलाडीका रूपमा प्रवेश गरेको ठीक २० सेकेन्डमै स्टार स्ट्राइकर रोमेलु लुकाकुले खेलको आफ्नो नियन्त्रणमा ल्याए। ६६ औं मिनेटमा थोमस मुनिएरको क्रसलाई रोक्ने प्रयास गर्दा इजिप्टका डिफेन्डर मोहामेद हानीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगे।
लुकाकुको दबाबका कारण हानीले गरेको सो गल्तीले इजिप्टका गोलकिपर मोस्ताफा शौबिरलाई रनभुल्लमा पारिदियो र बेल्जियम खेलमा फर्कियो।
यस बराबरीसँगै इजिप्टले विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्ने ऐतिहासिक अवसर गुमाएको छ। खेलको अन्त्यतिर दुवै टोलीबाट थप गोल हुन नसकेपछि दुवैले १-१ अंकमा चित्त बुझाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij