Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

विश्वकप फुटबल : कंगोसँग बराबरीमा रोकियो पोर्चुगल, रोनाल्डो गोलविहीन

विश्वकप फुटबल : कंगोसँग बराबरीमा रोकियो पोर्चुगल, रोनाल्डो गोलविहीन

काठमाडौँ  : विश्वकप फुटबल अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा उपाधि दाबेदार मानिएको पोर्चुगल अफ्रिकन टोली कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। रोनाल्डोले छैटौं विश्वकप खेल्दै मैदानमा पुरै समय बिताएपनि गोल गर्न भने सकेनन्।

बुधबार राति सम्पन्न खेलमा सुरुवाती अग्रताका बाबजुत पोर्चुगल अग्रता जोगाउन असफल हुँदा तीन अंक गुमाउन पुग्यो। पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो गोलविहीन बन्दा उनले केही उत्कर्ष्ट मौकामा गोल गर्न चुकेका थिए।

खेलमा छैटौं मिनेटमा पेड्रो नेटोको क्रसमा जाओ नेभेसले उत्कृष्ट हेड गर्दै पोर्चुगललाई अग्रता दिलाएपनि उनको पहिलो हाफको इन्जुरी समयमा कंगोले खेल बराबरीमा ल्याएको थियो। उसका लागि योआने विसाले पहिलो हाफको इन्जुरी समयमा अर्थर मसौकाको उत्कृष्ट क्रसमा हेड गर्दै खेल बराबरीमा ल्याएका थिए।

उपाधि दाबेदार पोर्चुगल ह्युस्टन स्टेडियममा ६८ हजार ७७७ दर्शकमाझ उत्कृष्ट लय सहित गतिलो सुरुवात गरने अपेक्षा गरिएपनि खेलमा पोर्चुगलको सो लय देखिएन्। प्रारम्भिक गोलपछि पोर्चुगलले लामो समयसम्म खेल नियन्त्रणमा राखे पनि दोस्रो गोल थप्न नसक्दा दबाबमा परेको थियो।

पहिलो हाफ इन्जुरी समयमा पुगेको पाँचौं मिनेटमा भने डीआर कङ्गोले ऐतिहासिक क्षण रच्यो। कङगोले ५२ वर्षपछि भएको विश्वकप पुनरागमनमा प्राप्त ऐतिहासिक उपलब्धिलाइ विश्वकपमा पहिलो अंक जोड्न सफल भयो।

दोस्रो हाफमा पोर्चुगलले लगातार दबाब सिर्जना गर्योा। कप्तान क्रिश्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस र अन्य खेलाडीले निरन्तर प्रयास गरेपनि सफल भएनन्। गोलरक्षक लियोनेल एमपासीले पनि उत्कृष्ट बचाउ गरेका थिए।

यो नतिजासँगै विश्वकप जित्ने लक्ष्य बोकेको पोर्चुगलमाथि समूह चरणका बाँकी खेलमा दबाब बढेको छ भने कंगोले आफ्नो विश्वकप इतिहासमा महत्वपूर्ण अंक जोड्दै नयाँ आत्मविश्वास हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट