Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

विश्वकप : स्वीडेनविरुद्ध नेदरल्याण्ड्सको सानदार जित

विश्वकप : स्वीडेनविरुद्ध नेदरल्याण्ड्सको सानदार जित

काठमाडौं :  विश्वकपको समूह चरणको दोस्रो खेलमा नेदरल्याण्ड्सले सानदार जित निकालेको छ ।

स्वीडेनविरुद्धको खेलमा नेदरल्याण्ड्सले ५-१ ले विजयी भएको हो । नेदरल्याण्ड्सका लागि ब्रायन बोब्बी र कोडी गाक्पोले समान दुई गोल गरे ।

ब्रायन बोब्बीले खेलको पहिलो हाफको पाँचौँ र १६ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, दोस्रो हाफको ४७ औँ र ५४ औँ मिनेटमा कोडीले गोल गरेका थिए । खेलको ८८ औँ मिनेटमा सेन्सियो समरभिलले गोल गरेसँगै नतिजा ५-१ हुनपुग्यो । नेदरल्याण्ड्सले यसअघि जापानसँगको खेल २-२ को बराबरी गरेको थियो । 

स्वीडेनका एन्थोनी एलान्काले ५८ औँ मिनेटमा गोल गरेका थिए । यसअघि ट्युनिसियासँग ५-१ अन्तरको जित निकालेको स्वीडेनले सोही अन्तरले नेदरल्याण्ड्सँग हार व्यहोरेको छ ।  जितसँगै तालिका नेदरल्याण्ड्सले चार अंक जोडेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट