Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आँधीले रोकिएको खेलमा फ्रान्सको शानदार जित, एम्बाप्पेको दुई गोलमा इराक ३–० ले पराजित

आँधीले रोकिएको खेलमा फ्रान्सको शानदार जित, एम्बाप्पेको दुई गोलमा इराक ३–० ले पराजित

काठमाडौँ  : फिलाडेल्फियामा दुई घण्टाभन्दा बढी समयसम्म आँधीका कारण खेल पहिलो हाफ पछि २ घण्टा स्थगन गर्नुपरेको फ्रान्स र इराकको खेल अन्तत सम्पन्न भएको छ। खेलमा फ्रान्सले ३-० को जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ।

शक्तिशाली आँधी आएपछि खेलका दौराननै रोक्नुपर्यो। खेल दुई घण्टाभन्दा बढी समय रोकिएपछि मात्र पुनः सञ्चालनमा आएको हो। सुरुमा मौसम सफा रहे पनि पहिलो हाफको अन्त्यतिर मुसलधारे वर्षा हुन थालेको थियो। मध्यान्तरको सिटी बज्नेबित्तिकै दर्शकहरूलाई ‘खुला सिट क्षेत्र खाली गरी स्टेडियमभित्रका सुरक्षित र छाना भएका स्थानमा जान’ आग्रह गरिएको थियो।

६८ हजार ३२४ दर्शक अट्ने लिंकन फाइनान्सियल फिल्ड, जसलाई प्रतियोगिताका लागि फिलाडेल्फिया स्टेडियम नाम दिइएको छ, अधिकांश भाग खुला भएकाले हजारौं समर्थकहरू स्टेडियमका भित्री गल्ली तथा छाना भएका स्थानहरूमा आश्रय लिन बाध्य भएका थिए।

खेलमा फ्रान्सका लागि केलियन एम्बाप्पेले २ गोल गर्दै विश्वकपमा सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा उक्लिए। एम्बाप्पेले दुई गोल गर्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाडीहरूको सूचीमा संयुक्त दोस्रो स्थानमा उक्लिएका छन्। फिलाडेल्फियामा खराब मौसमका कारण ढिलो भएको खेलमा फ्रान्सले इराकलाई सहज रूपमा पराजित गर्यो।

एम्बाप्पेले दुवै हाफको सुरुआतमा समान एक-एक गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याए। उनी अब विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा १८ गोल गरेका लियोनेल मेसी भन्दा दुई गोलले मात्र पछाडि छन्। केही घण्टाअघि मेसीले जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान तोडेका थिए। यसबीच इराकले कप्तान तथा स्ट्राइकर अयमेन हुसेनलाई चोटका कारण गुमाए पनि लामो समय बल नियन्त्रणमा राख्न सफल भयो।

लामो अवरोधपछि मैदानमा फर्किएको फ्रान्सले दोस्रो गोल भने विपक्षीको गल्तीबाट पायो। इराकका गोलरक्षक अहमद बासिलले डिफेन्डर जाइद तहसिनले छोटो पासमा दिएको गोलकिक नियन्त्रण गर्न नसकेपछि डेम्बेलेले एम्बाप्पेलाई सजिलो अवसर सिर्जना गरिदिए र उनले सहज गोल गरे।
त्यसपछि फ्रान्सले थप गोल गर्ने केही अवसरहरू पनि पायो।

एड्रियन राबियोले स्पष्ट हेडर अवसर खेर फाले भने माइकल ओलिसेको आकर्षक प्रहार क्रसबारमा लागेर फर्कियो।
फ्रान्सको तेस्रो गोल डेम्बेलेले तल्लो कुनामा प्रहार गर्दै गरे। ओलिसेको खुट्टाको बाहिरी भागबाट आएको उत्कृष्ट पासमा बनेको यो गोल डेम्बेलेको प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सका लागि २०औँ खेलमा पहिलो गोल थियो।

खेलको अन्तिम २० मिनेटमा इराकले पनि दुई राम्रा अवसर सिर्जना गर्यो्। जिदान इक्बालको कर्नरमा रेबिन सुलाकाले गरेको भली प्रहार गोलपोस्टमाथिबाट बाहिरियो भने मार्को फार्जीको आकर्षक क्रसमा अली अल हमादीले सही सम्पर्क गर्न सकेनन्।

खेलको अन्त्यतिर एम्बाप्पे ह्याट्रिक पूरा गर्ने अवसरमा एक्लै अघि बढेका थिए, तर उनको बायाँ खुट्टाको प्रहार निकै माथिबाट बाहिरिंदा उनी चुके। लगातार तेस्रो विश्वकप फाइनल पुग्ने लक्ष्य राखेको फ्रान्स समूह ‘आई’मा दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ भने इराक अंकविहीन रहँदै पुछारमा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट