Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जर्मनीमाथि इक्वेडरको रोमाञ्चक जित

जर्मनीमाथि इक्वेडरको रोमाञ्चक जित

काठमाडौँ : इक्वेडर जर्मनीलाई २-१ ले हराउँदै विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। सुरुमा पछि परेको स्थितिबाट पुनरागमन गर्दै इक्वेडरले प्रतियोगिताको अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो। जर्मनीका लागि लेरोय सानेले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, जर्मनीको त्यो खुसी धेरै समय टिक्न सकेन।

इक्वेडरका निल्सन एंगुलोले तुरुन्तै जवाफी गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए।

दोस्रो हाफमा दुवै टोलीले थप गोलका लागि कडा प्रयास गरे। खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले उत्कृष्ट गोल गर्दै इक्वेडरका लागि नायक सावित भए। उनको यही निर्णायक गोलको मद्दतले इक्वेडरले खेल २-१ ले आफ्नो पक्षमा पार्न सफल भयो।

यो ऐतिहासिक जितसँगै इक्वेडर समूह ‘ई’ को तेस्रो स्थानमा रहे पनि उत्कृष्ट टोलीका रूपमा अन्तिम ३२ (राउन्ड अफ ३२) मा पुग्ने निश्चित भएको छ। खेलमा सुरुवाती दबाब झेलेर पनि उत्कृष्ट पुनरागमन गरेको इक्वेडरका लागि यो जित निकै महत्त्वपूर्ण बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट