Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

लज्जावती’का पाँच नयाँ पोस्टर सार्वजनिक, पात्रहरूको लुक्स पहिलोपटक सार्वजनिक

लज्जावती’का पाँच नयाँ पोस्टर सार्वजनिक, पात्रहरूको लुक्स पहिलोपटक सार्वजनिक

काठमाडौँ :  आगामी साउन २९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘लज्जावती’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको एकसाथ पाँच पोस्टर सार्वजनिक गरेको हो । फिल्मका कलाकारको चरित्र लुक्स समेट्दै निर्माण युनिटले उक्त पोस्टरहरू सार्वजनिक गरेको हो ।

पोस्टरले कलाकारको चरित्र पहिचानसँगै उनीहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेश झल्काएको छ । पोस्टरहरूमा विभिन्न मुन्द्रमा अभिनेता मुकुन भुसाल, अभिनेत्री जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला र मेनुका माझी देखिएका छन् ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । फिल्ममा मुकुन, जानुका, श्रीकृष्ण्, मेनुकाको अलवा धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय समेटिएको छ ।

सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । दिव्यराज सुवेदीले छायाङ्कन गरेको फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट