Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

फिफा विश्वकप २०२६: पानामालाई हराउँदै इंग्ल्यान्ड समूह ‘एल’को विजेता

फिफा विश्वकप २०२६: पानामालाई हराउँदै इंग्ल्यान्ड समूह ‘एल’को विजेता

काठमाडौं :  इंग्ल्यान्ड फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको रोमान्चक खेलमा पानामालाई २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले समूहको शीर्ष स्थान पक्का गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलको ६२औं मिनेटमा जुड बेलिङ्घमले सानदार गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको ठीक ५ मिनेटपछि, अर्थात् ६७औं मिनेटमा कप्तान ह्यारी केनले अर्को गोल थप्दै इंग्ल्यान्डको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र इंग्ल्यान्ड २–० ले विजयी भयो । पानामा भने यस खेलमा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यस जितसँगै इंग्ल्यान्डले ३ खेलबाट कुल ७ अंक जोड्दै समूह ‘एल’ को शीर्ष स्थान ओगटेको छ । यही समूहबाट ६ अंक जोडेको क्रोएसिया दोस्रो स्थानमा र ४ अंक बनाएको घाना तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट