Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जापानलाई २ –१को गोलअन्तरले पराजित गर्दै ब्राजिल प्रि क्वाटरफाइनलमा

जापानलाई २ –१को गोलअन्तरले पराजित गर्दै ब्राजिल प्रि क्वाटरफाइनलमा

काठमाडौँ  : विश्वकप फुटबलमा जापानले प्रि-क्वाटरफाइनलमा स्थान बनाएको छ। जापानसँगको प्रतिस्पर्धात्मक खेलमा १-० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै खेलमा २-१ को जित निकाल्दै पाँच पटकको विश्वच्याम्पियन  ब्राजिलले प्रि-क्वाटरफाइनलमा स्थान बनाएको हो।

निर्धारित समय गोलरहित बराबरी उन्मुख खेलमा गाव्रियल मार्टिनेलीले इन्जुरी समयमा निर्णायक गोल गरे। उनले ९६औँ मिनेटमा ब्राजिलका लागि गोल गर्दै टोलीलाई शानदार पुनरागमन जित दिलाउँदै टोलीलाई अन्तिम १६ मा प्रवेश गराए।

खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा ब्राजिलले जापानको पेनाल्टी क्षेत्रको किनारमा बल पुनः आफ्नो नियन्त्रणमा लियो। त्यसपछि ब्रुनो गुइमारेसले दिएको सटिक पासमा मार्टिनेलीले बललाई जाली चुमाए।

यो हार जापानका लागि अत्यन्त पीडादायी रह्यो। पहिलो हाफमा जापानले ब्राजिललाई उत्कृष्ट चुनौती दिएको थियो भने दोस्रो हाफमा पनि साहसिक संघर्ष जारी राख्यो। तर कार्लो एन्सेलोटीको टोलीले अन्तिम क्षणसम्म हार नमानी आक्रमण जारी राख्यो र त्यसको फलस्वरूप निर्णायक सफलता हात पार्न सफल भयो।

पहिलो हाफमा जापान निकै आत्मविश्वासका साथ खेल्यो। काइशु सानोले ड्यानीलोको कमजोर पास बीचमै नियन्त्रणमा लिंदै कासिमिरोलाई छक्याएर उत्कृष्ट प्रहार गरे र जापानलाई अग्रता दिलाए।

पहिलो हाफमा ब्राजिलले त्यसको प्रभावकारी जवाफ दिन सकेन। तर दोस्रो हाफ सुरु भएपछि टोली पूर्ण रूपमा बदलिएको देखियो। खेल पुनः सुरु भएको १० मिनेटपछि कासेमिरोले आएको क्रसलाई शक्तिशाली हेडमार्फत गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए। त्यो गोलको संकेत पहिलेदेखि नै देखिएको थियो। त्यसको तीन मिनेटपछि ब्राजिलले शानदार गोल गर्ने अवसर पनि सिर्जना गर्‍यो।

तर भिनिसियसले गरेको प्रहार जापानका गोलरक्षक जियन सुजुकीले उत्कृष्ट बचाउ गर्दै बललाई पोस्टमा ठोक्काइदिए। त्यसपछि जापानले फेरि आफूलाई सम्हाल्यो। ब्राजिलले लगातार दबाब बनाए पनि स्पष्ट गोलका अवसरहरू कमै बने। तर खेलको अन्तिम क्षणमा ओ तानाकीले पेनाल्टी क्षेत्रको कुनामा बल गुमाए। त्यसको तत्कालै फाइदा उठाउँदै मार्टिनेलीले कुनै गल्ती नगरी निर्णायक गोल गरे र ब्राजिललाई रोमाञ्चक जित दिलाए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट