Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कुरिनटारमा ‘इच्छाकामना रोधीघर’ उद्घाटन

कुरिनटारमा ‘इच्छाकामना रोधीघर’ उद्घाटन

इच्छाकामना  : चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा ‘इच्छाकामना रोधीघर’ नामक दोहोरी साँझ सञ्चालनमा आएको छ। आजबाट औपचारिक रूपमा उक्त रोधीघर सञ्चालनमा ल्याइएको हो। 

 गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले रोधीघरको उद्घाटन गर्नुभएको हो । अध्यक्ष गुरुङले शुभकामना व्यक्त गर्दै रोधीघरले स्थानीय कला–संस्कृतिको संरक्षण गर्नुका साथै स्थानीय प्रतिभाको प्रस्फुटनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले रोधीघरको सफलताको कामना पनि गर्नुभयो।
रोधीघरका सञ्चालक तथा इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङले कला–संस्कृति जोगाउने, स्थानीय प्रतिभालाई अवसर प्रदान गर्ने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले रोधीघर सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार, “मानिसको जीवनमा २४ घण्टामध्ये ८ घण्टा श्रम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्ने विश्वव्यापी मान्यता अनुसार, नाफा कमाउने उद्देश्यभन्दा पनि यहाँका स्थानीयलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ रोधीघर सञ्चालनमा ल्याइएको हो।”

रोधीघरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले नियमित रूपमा प्रस्तुति दिनेछन्। उद्घाटनका अवसरमा चर्चित लोकदोहोरी गायक सुमन परियारलगायत कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट