Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौँ  : इजिप्टले फिफा विश्वकपमा नयाँ इतिहास रचेको छ ।अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा भएको रोमान्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले स्तब्ध पार्दै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गर्न सफल भएको हो ।

खेलको सुरुआतदेखि नै आक्रामक बनेको इजिप्टले १३औं मिनेटमा इमाम आशौरको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।

तर, ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत बल क्लियर गर्न खोज्दा आफ्नै गोलपोष्टमा बल छिर्न पुग्यो ।हानीको यो आत्मघाती गोलसँगै अस्ट्रेलिया खेलमा १–१ को बराबरीमा फर्किएको थियो ।निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।अतिरिक्त समयमा पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गर्न सकेनन्, जसको फाइदा उठाउँदै इजिप्टले बाजी मार्यो ।चौथोपटक विश्वकप खेलिरहेको इजिप्टका लागि यो ऐतिहासिक क्षण हो, किनभने यसअघिका तीनवटै संस्करणमा इजिप्ट समूह चरणबाटै बाहिरिएको थियो ।

अब इजिप्टले जुलाई ७ मा एटलान्टामा हुने क्वार्टरफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट