Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

एम्बाप्पेको पेनाल्टीमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

एम्बाप्पेको पेनाल्टीमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

काठमाडौँ : फिफा विश्वकप २०२६ मा फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएको छ। फ्रान्स विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि पाराग्वेले गरेको एउटा गल्तिमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न साविक उपविजेता सफल भयो।

उसका लागि केलियन एम्बाप्पेले दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा परिणत र्गदै खेल  १-० ले आफ्नो पक्षमा पारेका थिए। उनको यो जारी विश्वकपमा सातौं गोल हो।

अत्यधिक गर्मीबिच पाराग्वेले अपनाएका रणनितिक लयले फ्रान्सलाई कुनैपनि समय खुलेर खेल्न दिएको थिएन्। तर विवाद र धकेलाधकेल खेलका पर्यायी जस्तो बनेपनि अन्तत फ्रान्सले पाराग्वेको चुनौतीलाई पार गर्दै क्वाटरफाइनल यात्रा तय गर्यो। अब उसले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट