Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

राष्ट्रिय रिकभरिङ फुटसल प्रतियोगिता–२०८३ मा न्यू वे फाउन्डेसन विजेता

राष्ट्रिय रिकभरिङ फुटसल प्रतियोगिता–२०८३ मा न्यू वे फाउन्डेसन विजेता

चितवन : न्यू वे फाउन्डेसनद्वारा आयोजित प्रथम राष्ट्रिय रिकभरिङ फुटसल प्रतियोगिता–२०८३ मा न्यू वे फाउन्डेसन विजेता बनेको छ भने पी.एस.एस.जी. पोखरा उपविजेतामा सीमित भएको छ। विजेता न्यू वे फाउन्डेसनले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पी.एस.एस.जी. पोखराले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

व्यक्तिगत विधातर्फ टार्जन गुरुङ सर्वाधिक गोलकर्ता, सञ्जोग पुडासैनी उत्कृष्ट गोलरक्षक तथा आकाश गुरुङ उत्कृष्ट खेलाडी घोषित भएकाे न्यू वे फाउन्डेसनका काेषाध्यक्ष भरत घिमिरेले जानकारी  दिनुभयाे । समापन समारोह चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राजेश्वर पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा रिकभरिङ नेपालका केन्द्रीय उपाध्यक्ष एवं न्यू वे फाउन्डेसनका निर्देशक धुर्व केसी, विभिन्न पुनर्स्थापना केन्द्रका प्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता न्यू वे फाउन्डेसनका अध्यक्ष रामबहादुर कार्कीले गर्नुभएको थियो। लागू पदार्थ दुव्र्यसनबाट मुक्त भई रिकभरीमा रहेका व्यक्तिहरूबीच खेलकुदमार्फत सकारात्मक ऊर्जा, आत्मविश्वास र सामाजिक पुनर्स्थापनाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

यसअघि प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य माननीय ज्ञानुजङ्ग लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा भरतपुर महानगरपालिका–३ का वडा अध्यक्ष विकास थापा, रिकभरिङ नेपालका केन्द्रीय उपाध्यक्ष एवं न्यू वे फाउन्डेसनका निर्देशक धुर्व केसी तथा रिकभरिङ नेपाल बागमती प्रदेश अध्यक्ष दिवाकर राज श्रेष्ठको आतिथ्यता रहेको थियो। उद्घाटन समारोहको अध्यक्षता फाउन्डेसनका अध्यक्ष रामबहादुर कार्कीले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष भरत घिमिरेले राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सुनिल पराजुलीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट