Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनका सुभन भण्डारी ‘द भ्वाइस अफ किड्स नेपाल’को ब्याटल राउन्डमा प्रवेश

चितवनका सुभन भण्डारी ‘द भ्वाइस अफ किड्स नेपाल’को ब्याटल राउन्डमा प्रवेश

काठमाडौं : चितवनका १२ वर्षीय सुभन भण्डारी ‘द भ्वाइस अफ किड्स नेपाल सिजन–५’को ब्याटल राउन्डमा प्रवेश गरेका छन्। रत्ननगर नगरपालिका–१०, भानुचोक निवासी सुभन नेपालभरबाट छनोट भएका ४६ प्रतियोगीमध्ये एक हुन्। हाल उनी काठमाडौंको बुढानिलकण्ठस्थित बाल विकास बोर्डिङ हाई स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।

 

ब्लाइन्ड अडिसनमा उनले ‘चरीले त’ बोलको गीत प्रस्तुत गर्दै आफ्नो सशक्त गायन प्रतिभा प्रदर्शन गरेका थिए। उनको प्रभावशाली प्रस्तुति पश्चात् कोच वाङ्देन शेर्पाबाहेक अन्य तीनै जना कोचले आफ्नो कुर्सी घुमाएका थिए। तीनमध्ये एक कोचबाट छनोट हुने अवसर पाएपछि सुभनले कोच अर्जुन सापकोटाको टोली रोज्दै ब्याटल राउन्डमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

 

सुभनकी आमा अम्बिका चालिसे भण्डारीका अनुसार सुभन सानैदेखि गायन र अध्ययन दुवैमा रुचि राख्दै आएका छन्। ‘सुभन सानैदेखि पढाइ र गायन दुवैमा रुचि देखाउँथ्यो। उसले दुवै क्षेत्रलाई सँगसँगै अगाडि बढाइरहेको छ,’ उनले भनिन्। सुभनका पिता पुष्पराज भण्डारीका अनुसार ब्लाइन्ड अडिसन पार गर्नु सुभनको सफलताको सुरुआत मात्र हो।

‘यो सफलता सुभनको पहिलो खुड्किलो मात्र हो। उसले जीवनमा अझ धेरै मेहनत गर्न बाँकी छ। हामी उसको उज्ज्वल भविष्यको कामना गर्दछौँ,’ उनले भने। ‘द भ्वाइस अफ किड्स नेपाल’को ब्याटल राउन्डमा प्रवेशसँगै सुभनले आफ्नो सांगीतिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। उनको सफलताले चितवनवासी तथा शुभेच्छुकहरूमा उत्साह थपेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट