काठमाडौँ : जारी विश्वकप फुटबलमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ। विश्वचर्चित स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोको अन्तिम विश्वकपका रुपमा रहेको यो विश्वकपमा स्पेनसँग पराजित हुँदै अन्तिम १६ बाटै यात्रा अन्त गर्न बाध्य भए।
अधिकांस समय गोलरहित बराबरी भएको खेलमा ६ मिनेट थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा स्पेनले निर्णायक गोल गर्दै खेलमा १-० को जित निकाल्यो। स्पेनका लागि सब्स्टिच्युट खेलाडी माइकल मेरिनोले फेरान टोरेसको पासलाई सदुपयोग गर्दै टिमको जित निश्चित गरेका थिए।
रोनाल्डोले २००६ यताका सबै ६ विश्वकप खेल्दै सबैमा गोल गर्ने एकमात्र खेलाडीका रुपमा आफ्नो याा अन्त गरेका छन्। उनले यहि विश्वकपमा नकआउट चरणमा गोल गर्न नसकेको कीर्तिमान पनि भंग गरेका थिए। तर सबैखाले उपाधि जितेका रोनाल्डोले विश्वकप ट्रफि चुम्ने सपना भने पुरा गर्न सकेनन्।
अब क्वाटरफाइनलमा स्पेनले फ्रान्सको सामना गर्ने छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij